बेनिघाटमा १० करोड रुपैयाँको लगानीमा बन्यो 'त्रिशूली भिल्ला' होटल

 बैशाख ५, २०८१ बुधबार १८:१४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – धादिङको मलेखु नजिकै बेनिघाटमा १० करोड रुपैयाँको लागतमा त्रिशूली भिल्ला होटल सञ्चालनमा आएको छ । १५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा १० करोड रुपैयाँ लगानी भएको सञ्चालक उद्धव कँडेलले बताउनुभयो ।

लक्जरी सुविधासहितको १२ वटा आकर्षक भिल्लामा ३७ वटा कोठा बनाइएको होटलले जनाएको छ । भिल्लामा तीन सय जना क्षमताको सभाहल पनि बनेको छ । भिल्लाले त्रिशूली नदीमाथि स्काइ साइक्लिङ, जिपलाइन, त्रिशुली नदीमा साहसिक र्‍याफ्टिङ जस्ता साहसिक पर्यटनको समेत व्यवस्था गरेको जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया