एक पटक चार्ज गरेपछि २१ दिनसम्म टिक्ने मोबाइल नोकिया–१०६

 मंसिर १, २०७५ शनिबार ९:३२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मोबाइलको ब्याट्री नटिकेर हैरान हुनुहुन्छ ? तपाईँलाई फोनमा धेरै कुरा गर्नुपर्छ ? वा पावर बैंक लिएर हिँड्नुपर्ने झण्झट बेहोर्नुपरेको छ ? अब ढुक्क हुनुहोस्, नोकियाले ब्याट्रीलाई मध्यनजर गर्दै बजारमा नयाँ मोबाइल ल्याएको छ ।

मोबाइल निर्माता कम्पनी नोकियाले नोकिया–१०६ मोडेलको मोबाइलको ब्याट्री एकपटक चार्ज गरेपछि २१ दिनसम्म टिक्ने दावी गरेको छ ।

८०० एम्पियरको ब्याट्री रहेको यो मोबाइलबाट लगातार कुरा गर्दा पनि १५.७ घण्टा कुरा गर्न सकिने कम्पनीले जनाएको छ । तर लगातार यति लामोसमयसम्म खासै कुरा नहुने भएको भन्दै ब्याट्रीको स्ट्यान्डबाई क्षमता २१ दिन भएको कम्पनीले जनाएको छ ।

यो मोबाइलको कलर स्क्रिन १.८ इन्च (१६०x१२० पिक्सेल) रहेको छ । यो मोबाइलमा क्लासिकल गेम स्नेक रहेको छ भने नाइट्रो रेसिङ, डेन्जर ड्यास तथा टेट्रिस किनेर खेल्न सकिन्छ ।

नोकिया १०६ मा ४ एमबीको स्टोरेज रहेको छ । यसमा २ हजार कन्ट्याक्ट सेभ गर्न सकन्छि । 

यो मोबाइलको मूल्य भारतीय बजारमा १७०० भारतीय रुपैयाँ रहेको छ । नेपाली बजारमा भने केही दिनपछि मात्रै यो मोबाइल उपलब्ध हुनेछ ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया