नेपालगञ्ज आईसीपी अब दुई हप्ताभित्रै सञ्चालन हुने

 बैशाख ११, २०८१ मंगलबार १८:१२:५१ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

बाँके – नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार जाँचचौकी (आईसीपी) अबको दुई हप्तामै सञ्चालन हुने भएको छ ।

भारतले आईसीपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गरिसकेकाले अब १०/१५ दिनभित्रै भन्सार कार्यालयले आफ्नो काम आईसीपी स्थलबाट शुरु गर्ने नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताउनुभयो । आईसीपी सञ्चालनमा आएपछि मालवाहक गाडीको जाँचपास आईसीपीबाटै गरिने उहाँले जानकारी दिनुभयो ।

गएको वर्ष जेठ महिनामा भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आईसीपीकाे 'भर्चुअल' माध्यमबाट उद्घाटन गर्नुभएको थियो । उद्घाटन भएको झन्डै एक वर्षपछि हिजो मात्रै भारतले नेपाल सरकारलाई नेपालगञ्ज आईसीपी हस्तान्तरण गरेको हाे ।

नेपाल र आईसीपी स्थलमा भन्सार कार्यालय, पशु र प्लान्ट क्वरेण्टीन, गोदाम, खाद्य प्रविधि तथा गुण नियन्त्रण, सुरक्षा ब्यारेक, बैंक काउन्टरलगायत कार्यालय रहने गरी संरचना निर्माण गरिएको छ । आईसीपी सञ्चालन भएपछि वस्तु आयात–निर्यातमा उद्योगी व्यापारीलाई ठूलो सहायता पुग्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया