यसवर्ष मनसुन छिटो भित्रिने सङ्केत

 जेठ १८, २०८१ शुक्रबार ८:३१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – यसवर्ष मनसुन छिटो भित्रिने सङ्केत देखिएको छ । भारतमा औसतभन्दा अगाडि नै मनसुन भित्रिएकाले नेपालमा पनि छिटो भित्रिने संकेत देखिएको मौसमविदले बताएका छन् । नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने गर्छ । भोलि जुन १ तारिख हो ।

भारतमा मनसुन भित्रिएको एक हप्तादेखि १० दिनसम्ममा नेपाल भित्रिने गर्छ । भारतमा हिजो मनसुन भित्रिसकेकाले अबको एक हप्तादेखि १० दिनभित्र नेपालमा पनि मनसुन भित्रिने सम्भावना रहेको मौसमविद सरोज पुडासैनीले जानकारी दिनुभयो ।

जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीकाअनुसार यसवर्षको मनसुन औसतभन्दा दुई दिन अगाडि भारतको केरलामा र छ दिन अगाडि भारतको आसाम, मेघालयसम्म पुगेको छ । यो वर्ष करिब एक हप्ताअघि नै मनसुन भारतको आसाम भित्रिएकाले नेपालमा पनि एक हप्ताअघि नै मनसुन भित्रिने सम्भावना बढेको उपे्रतीको भनाइ छ । मनसुन भित्रिन कम्तिमा एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्ने मौसमविदको भनाइ छ ।

अहिले नेपालको मौसममा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँहरु तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगका  एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति पनि कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा लुम्बिनी प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया