कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

 जेठ ३०, २०८१ बुधबार ९:१३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ  – आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले पनि कोशी प्रदेशको एक–दुई ठाउँमा हल्का वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन भित्रिएसँगै पूर्वी क्षेत्रमा प्रभाव देखिन थालेको छ । पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव र बाँकी भागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । पूर्वको कोशीमा भित्रिएको मनसुन मध्य क्षेत्र हुँदै पश्चिमतर्फ फैलिने गर्छ । त्यसका लागि केही दिन लाग्नेछ ।

आज लुम्बिनी र सुदुरपश्चिमसहित तराईका क्षेत्रमा अधिकतम तापक्रम ४२ देखि ४४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । काठमाण्डौ उपत्यकामा पनि आज अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियस रहने पूर्वानुमान छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया