अझै केही दिन गर्मी बढ्ने

 जेठ ३१, २०८१ बिहीबार ६:८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन देशका अरु ठाउँमा पुग्न अझै केही दिन लाग्ने भएकाले गर्मी कायमै रहने मौसमविदले बताएका छन् । काठमाण्डौसहित देशका धेरै ठाउँमा केही दिनयता गर्मी ह्वात्तै बढेको छ । मध्य र पश्चिम तराईमा अझ धेरै गर्मी छ । ती ठाउँमा तातो हावाको लहर अर्थात लू चलेकाले जनजीवन कष्टकर बनेको छ ।

पश्चिम तराईमा सबैजसो ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । धनगढीको तापक्रम ४३ दशमलव ९ डिग्री र नेपालगञ्जको तापक्रम ४२ दशमलव २ डिग्री सेल्सियससम्म पुगेको छ । काठमाण्डौको तापक्रम ३४ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ ।

मनसुनी प्रणाली प्रवेश गरिसकेको भए पनि देशका धेरै ठाउँमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । मनसुन काठमाण्डौ उपत्यका हुँदै पश्चिम नेपालसम्म नफैलिएसम्म चर्को गर्मी नहट्ने मौसमविद् गोविन्द झाले बताउनुभयो ।

मनसुनी प्रणाली अझै पनि कोशी प्रदेशबाट अघि बढ्न सकेको छैन । अहिले मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु नै बलियो छ । पश्चिमी वायु बलियो भएकैले भारततर्फबाट तातो हावा आइरहेको मौसमविद गोविन्द झाले बताउनुभयो ।

डाक्टरहरुले तातो हावाको लहरबाट जोगिन गर्मीको समयमा घरभित्र र चिसो ठाउँमा बस्न, घाममा सकेसम्म नजान, बाहिर निस्कँदा टोपी लगाउन, नियमित रूपमा पानी तथा तरल पदार्थ पिउन र स्वास्थ्यमा समस्या देखिएमा डाक्टरहरूसँग परामर्श गर्न सुझाव दिएका छन् ।  

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया