पूर्वी र मध्य क्षेत्रमा राति ठूलो वर्षा

 असार २५, २०८१ मंगलबार ६:१४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – गएराति देशका पूर्वी र मध्य क्षेत्रमा ठूलो पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार पछिल्लो ६ घण्टामा मोरङको केराबारीमा सबैभन्दा धेरै ८३ मिलिमिटर र सिन्धुपाल्चोकको बाह्रबिसेमा ८० मिलिमिटर पानी परेको छ ।

यस्तै, झापा, मोरङ, सुनसरी,सिराहा, सिन्धुली, उदयपुर, गोरखा, कास्की, कपिलवस्तु र दाङमा ठूलो पानी परेको छ । तर हिजो दिउँसोदेखि भने देशका सबैजसो नदीमा पानीको बहाव कम भएको छ । अहिले कुनै पनि नदी र खोला सतर्कताको तहमा नपुगेका विभागले जनाएको छ ।

हिजोदेखि मनसुन विस्तारै निष्कृय हुन थालेको छ । अब देशका सबैजसो भूभागमा एकै पटक वर्षा कम हुने विभागको अनुमान छ ।  तर केही केही ठाउँमा भने ठूलो वर्षा पनि हुने सम्भावना छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया