गएरातिदेखि पूर्वी क्षेत्रमा ठूलो वर्षा, अरू क्षेत्रमा भने मनसुनी गतिविधि कम हुँदै

 असार २५, २०८१ मंगलबार ८:४२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएरातिदेखि देशका पूर्वी क्षेत्रमा ठूलो पानी परेको छ। अहिले पनि कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएराति र बिहानपख विशेषगरी धनुषा, सर्लाही,  झापा, मोरङ, सुनसरी र सिन्धुलीमा ठूलो पानी परेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो । पछिल्लो २४ घण्टामा सुनसरीको धरानमा सबैभन्दा धेरै १ सय ५१ दशमलव २ मिलिमिटर वर्षा भएको छ । यस्तै मोरङको केराबारीमा १ सय ३८ दशमलव ४ र  सर्लाहीमा १ सय ४१ मिलिमिटर पानी परेको छ ।

यसैबीच, काठमाण्डौ उपत्यकामा पनि केही ठाउँमा बिहान हल्का पानी परेको छ । दिउँसो फेरि केही ठाँउमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभयो । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मनसुनी गतिविधि कम हुँदै गएकोले त्यता पानी परेको छैन ।

अबको केही दिन कोशी प्रदेश लगायत देशका पूर्वी भागमा ठूलो पानी पर्ने सम्भावना छ । अरु क्षेत्रमा भने मनसुनी गतिविधि विस्तारै कम हुँदै जाने जनाइएकाे छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया