समसामयिक विषयवस्तुमा व्यङ्ग्यात्मक प्रहार गर्दै सिस्नोपानी नेपालक...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजार लगातार तेस्रो दिन पनि उच्च अङ्कले बढेको छ । गएको सोमवार घटेको शेयर बजार त्यसयता बढ्दै आएको छ । आज शेयर बजार परिसूचक नेप्से ५९ दशमलव ६८ अङ्कले बढेर दुई हजार चार सय २४ दशमलव ३२ विन्दुमा पुगेको छ ।
नेप्से २७ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७९ साल वैशाख ११ गते नेप्से दुई हजार चार सय २० विन्दुमा नेप्से पुगेको थियो ।
आज फाइनान्स र जलविद्युत् बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन, बैंकिङ समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज नेपाल इनभेस्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखु खोला जलविद्युत् कम्पनी, उपकार लघुवित्त र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कुमारी सबल योजनाको शेयर भने साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज तीन सय १२ वटा कम्पनीका ३ करोड ९९ लाख कित्ता शेयर १५ अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ । याे कारोबार रकम ३५ महिनायताकै उच्च हाे । यसअघि २०७८ साल भदाै १३ गते १५ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।