दैलेख, सिन्धुपाल्चोक र डोटीमा राति ठूलो वर्षा, नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

 साउन १४, २०८१ सोमबार ६:७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै दैलेखमा ८५ दशमलव ४ मिलिमिटर पानी परेको छ ।

यस्तै सिन्धुपाल्चोकको गोब्रेमा ७३ मिलिमिटर, डोटीको दीपायलमा ६७ दशमलव ६ मिलिमिटर र सिन्धुपाल्चोकको बाँसखर्कमा ६४ दशमलव ६ मिलिमिटर पानी परेको छ ।

भक्तपुरको हनुमन्ते खोला जगाती बाढीमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले हनुमन्ते खोला नदी तटीय क्षेत्रमा बस्नेहरुलाई बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै दोलखा र सिन्धुपाल्चोकमा मध्यमदेखि ठूलो वर्षा मापन भएको हुँदा ती क्षेत्र भइ बहने ससाना नदीहरूमा आकस्मिक बाढीको जोखिम, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सावधानी अपनाउन भनिएको छ । मौसम पूर्वानुमान महाशाखाले अबको केही दिन राति ठूलो पानी पर्न सक्ने जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया