सिनेमा हलमा आजदेखि ‘मोदीबेनी’ : कथा सशक्त भएको भन्दै चलचित्रकर्मीद्वारा प्रशंसा

 साउन १८, २०८१ शुक्रबार ९:२४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली चलचित्र 'मोदीबेनी'को चलचित्रकर्मीले प्रशंसा गरेका छन् । आज शुक्रवारदेखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको अस्ति बुधवार भएको पहिलो प्रदर्शनीमा सहभागी चलचित्रकर्मीले प्रशंसा गरेका हुन् । पर्वतको मोदीबेनी क्षेत्रको कथामा आधारित रहेर तयार पारिएको चलचित्र 'मोदीबेनी'मा ग्रामीण सौन्दर्यसँगै सशक्त कथा पाएको अभिनेता रमेश उप्रेतीले बताउनुभयो ।

अभिनेता निर्मल शर्माले नेपालको ग्रामीण भेगलाई यसैगरी चलचित्रमा प्रस्तुत गरिनुपर्ने बताउनुभयो । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले चलचित्रले दर्शकलाई कथावस्तुसँग सहजै जोड्ने बताउनुभयो । अभिनेत्री रेजिना उप्रेतीले आफूलाई पर्दामा हेर्दा भावुक भएको बताउनुभयो ।

निर्देशक शङ्कर कोइरालाले आफ्नो वृतचित्रको अनुभवलाई चलचित्रमा प्रयोग गरेको बताउनुभयो । उहाँले पर्वत जिल्लाको सेरोफेरोमा भएका घटनामा आधारित रही सामाजिक कथामा चलचित्र तयार गरिएकाले मनोरञ्जनसँगै त्यस क्षेत्रको जनजीवन र समाजलाई यसले दर्शाउने बताउनुभयो ।

चलचित्रमा अभिनेता सरोज खनाल, अभिनेत्री वर्षा सिवाकोटी, रेजिना उप्रेती, नवअभिनेता अमरप्रताप श्रेष्ठ, प्रवीण खतिवडा, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा आनन्द विक्रम क्षेत्रीले कथा लेखन, उत्सव दाहालले छायाङ्कन, भरत रेग्मीले सम्पादन तथा एसडी योगी र शान भुसालले सङ्गीत भर्नुभएको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया