झापामा सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै

 साउन १९, २०८१ शनिबार १२:२२:४४ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – झापामा सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले झापाका किसान सुपारीखेतीतर्फ आकर्षित भइरहेका छन् ।

दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गर्नुभएका झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले व्यापारी बगानमै आएर सुपारी खरिद गर्ने भएकाले बजारको चिन्ता नभएको र बर्षमा पाँच लाखभन्दा बढी आम्दानी भइरहेको बताउनुभयो ।

किसानले सुपारीसँगै मौसमअनुसार तरकारी, धान र मकै  खेती पनि गर्ने गरेका छन् । अरु खेती लगाउँदा हात्तीले नोक्सान गर्ने भएकाले नगदेबाली सुपारी खेतीमा लागेको अर्का किसान निर्मल भट्टराईले बताउनुभयो । सुपारीको बोटमा फल लागेदेखि नै व्यापारीले अग्रिम भुक्तानी गर्ने गरेको अर्का किसान बिन्दु पौडेल बताउनु हुन्छ ।

सरकारले उन्नत जातका सुपारीका बिरुवामा लगानी गर्दै किसानको उत्पादनलाई बजारीकरणमा समन्वय गरिदिने हो भने सुपारीखेती गर्ने किसानको आम्दानी बढ्दै जाने स्थानीय प्रेम राईले बताउनुभयो । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया