उप प्रा. डा. जुनु बासुकला रञ्जितकारकाे पुस्तक 'अशोक विनायक' सार्वजनिक

 साउन २०, २०८१ आइतबार ११:३४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाँचौँ मौलिक कृति 'अशोक विनायक’ (मरु गणेश) पुस्तक विमोचन भएको छ । त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पसअन्तर्गत इतिहास तथा बौद्ध अध्ययन विभागकी प्रमुख उपप्राध्यापक डा. जुनु बासुकला रञ्जितकारले पुस्तक लेख्नुभएको हो ।

हिजो काठमाण्डौको विश्व सम्पदास्थल हनुमानढोकाअन्तर्गत मरु गणेशस्थानमै अशोक विनायकका पुजारी गुथिका नायः तीर्थ मान महर्जन र प्राध्यापक डा. चुन्दा बज्राचार्यले संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।

यसअघि 'भक्तपुरको पञ्चदान पर्व', 'धम्मदूत', 'चारुमति स्तूप' र 'हनुमानढोका दरबारका भित्तेचित्र' प्रकाशित भइसकेको छ । उहाँका संयुक्त लेखनमा 'साधनमाला' साथै चार दर्जनबढी अनुसन्धानात्मक लेखहरू प्रकाशित छन् ।

क्याम्पसबाट प्रकाशित भइरहेको ऐतिहासिक जर्नलको सम्पादक मण्डलमा उप प्रा. डा. जुनु बासुकला रञ्जितकार संलग्न हुनुहुन्छ । पुस्तकको प्रकाशक अग्रज रञ्जितकार हुनुहुन्छ । पुस्तकमा अशोक विनायकबारे अहिलेसम्म पाइएका ऐतिहासिक दस्तावेज प्रकाशित छन् ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया