गायक प्रकाश तिमिल्सिनाको निधन

 साउन २७, २०८१ आइतबार ७:२२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । हिजो बेलुका ललितपुरको भैँसेपाटी डेरामा अचेत अवस्थामा भेटिएका उहाँलाई परिवारका सदस्य र आफन्तले तत्काल पाटन अस्पताल पुर्‍याएका थिए । तर डाक्टरले मृत घोषणा गरे । तिमिल्सिनाको शव अहिले बिहान सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने सङ्गीतकार चेतन सापकोटाले जानकारी दिनुभयो ।

तिमिल्सिनाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन् । सुनसरीका स्थायी बासिन्दा तिमिल्सिना गायन प्रतियोगिता 'नेपाली तारा' मार्फत सङ्गीत क्षेत्रमा उदाउनुभएको थियो । उहाँका 'प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ', 'तिम्रो हातको सिन्दूर', 'नमान लाज यसरी', 'तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म', 'नआए नि हुन्थ्यो' लगायतका गीत छन् । उहाँले बाल्यकालमै आँखाको ज्योति गुमाउनुभएको थियो ।

गायक तिमिल्सिनाको निधनमा सङ्गीतकर्मी, शुभेच्छुक, सर्वसाधारणलगायतले सामाजिक सञ्जालमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । सङ्गीतकर्मी टीका भण्डारीले 'कोशीमा बाढी आउँदा २०४५ सालमा तिमी बाँच्यौं अनि नेपाली सङ्गीतमा धेरै गर्‍यौ' भनेर लेख्नुभएको छ । भण्डारीका अनुसार यो घटना हुँदा तिमिल्सिना नौ महिनाको हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया