चलचित्र ‘बुलाकी’ आजदेखि प्रदर्शनमा

 साउन ३२, २०८१ शुक्रबार ११:३४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चलचित्र ‘बुलाकी’ आजदेखि प्रदर्शनमा आएको छ । यो चलचित्र यसअघि २०८० सालको वैशाखमा प्रदर्शनमा आएको भए पनि, दोस्रो दिनमै विभिन्न कारणले स्थगित गरिएको थियो ।

निर्देशक लक्ष्मण सुनारले निर्देशन गरेको यो चलचित्रले कर्णाली भेगको जारी प्रथाको कथावस्तु उठाएको छ । सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट मुख्य भूमिकामा रहेका यो चलचित्रले पहिलो प्रदर्शनका समयमा प्रर्याप्त शो नपाएपछि प्रदर्शन रोकिएको थियो ।

निर्माण टोलीले चलचित्रलाई पुनः प्रदर्शनमा ल्याउनका लागि दर्शकहरूको चासोलाई मध्यनजर गर्दै र चलचित्रलाई फेरबदल गरेर पुनः प्रदर्शन गर्ने निर्णय गरेको छ । अभिनेता तथा निर्माता विराज विष्टले चलचित्रलाई पुनः प्रदर्शनमा ल्याउने क्रममा यसअघि देखिएका कमजोरीहरूलाई सुधार गरेर दर्शकहरूको लागि अझ राम्रो बनाइएको बताउनु भयो ।

चलचित्र को निर्माण छत्रेश्वरी म्यानेजमेन्ट प्रालीले गरेको हो । निर्माता टोपेन्द्र विष्ट रहेको चलचित्रमा राजबहादुर सानेले कथा र पटकथा लेख्नु भएको हो। शिव ढकालले छायांकन गरेको यस चलचित्रलाई काठमाण्डौमा रिच इन्टरटेन्मेन्ट प्रालि र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

चलचित्रमा सरस्वती खत्री, प्रकाश कंडेल, लक्ष्मी गिरी, सुशील पोखरेल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया