‘रुदाने’ उपन्यास  सार्वजनिक, एम्बिशन गुरुले घरघरमै पुर्‍याउने

 भदौ २, २०८१ आइतबार १८:३८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रूपचन्द्र विष्टको जीवनीमा आधारित टंक चौलागाईंको उपन्यास ‘रुदाने’ सार्वजनिक भएकोछ ।  उपन्यासलाई श्याम श्रेष्ठ, मुक्ता श्रेष्ठ, अजय सुमार्गी र लेखक आफैंले लोकार्पण गर्नुभएको हो ।

रूपचन्द्र विष्टको जीवनका विभिन्न पाटालाई सँगाल्दै एउटा आख्यानको शैलीमा लेखिएको यो किताबमा जीवनीभन्दा पृथक, कल्पना र सृजमनात्मक शैलीमा लेखिएको लेखक टंक चोलागाईंले बताउनुभयो ।

रूपचन्द्रलाई अत्यन्त नजिकबाट नियालेका लेखक श्याम श्रेष्ठका अनुसार यो आख्यानले निकै सूक्ष्म तरिकाले रूपचन्द्रको जीवनी उनेको छ । यसमा भावना र इतिहास जोडिएर आएको मुक्ता श्रेष्ठले बताउनुभयो ।

‘अहिलेका अधिकांश रानीतिज्ञ रूपचन्द्र विष्टलाई समाएर भोटको राजनीति गरेको छर्लङ्ग छ । उनलाई प्रयोग गरिन्जेल गर्ने अनि आफ्नो शक्तिको समयमा बिर्सने नेताहरू आफ्नै वरपर छन्’ रूदानेको किताबमा टिप्पणी दिँदै मुक्ता श्रेष्ठले भन्नुभयो, उनले जमिनका मान्छेलाई उठाए, महिलालाई बोल्न जगाए ।’

यो आख्यान टंक चौलागाईंको चौथो कृति हो । साङ्ग्रिला बुक्स र एम्बिशन बुक्सको सहकार्यमा प्रकाशित यस आख्यानको मूल्य ७ सय ९५ रुपैयाँ छ । यो किताब एम्बिशन गुरुको मोबाइल एपमा उपलब्ध छ । साथै यसको ई–बुक भर्सन र अडियोबुक भर्सन पनि यही एपमा उपलब्ध रहेको प्रकाशकले जनाएको छ । यसको पेपरब्याक भर्सनलाई पनि पाठकले एम्बिशन गुरुकै एपबाट मगाउन सक्नेछन् ।

डिजिटल फर्म्याट विश्वको जुनसुकै कुनामा बस्ने नेपाली किताबका पाठकले किन्न सक्ने र अहिलेलाई पेपरब्याक किताब काठमाण्डैको हकमा एकदिनमा र काठमाण्डाैबाहिर भौगोलिक परिस्थितिलाई मध्यनजर गर्दै छिट्टै पाठकलाई उपलब्ध गराइने एम्बिशन गुरुले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया