खोटाङको लामिडाँडा विमानस्थल कालोपत्र भएको पाँच वर्षसम्म पनि सञ्चालनमा आएन

 भदौ ३, २०८१ सोमबार १२:४४:० | रासस
unn.prixa.net

तस्बिर : रासस

खोटाङ – खोटाङको लामीडाँडा विमानस्थल कालोपत्र गरेर परीक्षण उडान गरेको पाँच वर्षसम्म पनि सञ्चालनमा आएको छैन । ६ करोड ७६ लाख ९३ हजार रुपैयाँकाे लगानीमा कालोपत्र सम्पन्न गरी २०७६ साल असार ३ गते परीक्षण उडान गरेको विमानस्थलमा त्यसपछि भने एउटा पनि विमान अवतरण भएको छैन ।

लामिडाँडा विमानस्थल खोटाङको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी पुग्ने भक्तजनसँगै ओखलढुङ्गा र सोलुखुम्बुका बासिन्दालाई सेवा दिने उद्देश्यले निर्माण गरिएको हो । २०२८ सालदेखि सञ्चालनमा आएको विमानस्थल कालोपत्र गर्नुअघिसम्म निकै व्यस्त विमानस्थलको रूपमा चिनिन्थ्यो ।

विमानस्थल सञ्चालनका लागि सम्बन्धित निकायमा पटक पटक अनुरोध गरेको भए पनि कसैले वास्ता नगरेका रावाबेँसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनुभयो । लामीडाँडा विमानस्थलमा उडान कटौती गरेपछि कर्मचारी र आवश्यकीय उपकरणसमेत अन्यत्र लगेको स्थानीय बासिन्दाले बताएका छन् ।

खोटाङको खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा रहेको थामखर्क र सदरमुकाम दिक्तेल बजार नजिक खाल्लेमा रहेको मनमाया राई खानीडाँडा विमानस्थलमा भने नियमित उडान भइरहेको छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया