गाईजात्राको अवसरमा काठमाण्डौमा हास्यव्यङ्ग्य कार्यक्रम

 भदौ ४, २०८१ मंगलबार ८:५७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’ लाई लक्षित गर्दै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा प्रदर्शनी शुरु भएका छन् । कमलादीमा रहेको प्रज्ञा–प्रतिष्ठान र जमलमा रहेको नाचघरमा दुई समूहले दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । पुरानासँगै नयाँ पुस्ताका कलाकारले भरिएको कार्यक्रम यही भदौ १० गतेसम्म चल्नेछ ।

गाईजात्रा पर्वको परम्परा र संस्कृतिसँगै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि विद्यमान राजनीतिक, सामाजिक, आर्थिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गरेर कलाकारले आफ्नो प्रस्तुति दिने गरेका छन् । राष्ट्रिय नाच घर जमलमा सांस्कतिक संस्थानको आयोजनामा हिजोदेखि गाईजात्रा महोत्सव, २०८१ शुरु गरिएको छ ।

महोत्सवमा हिजो सिताराम कट्टेल र कुञ्जना घिमिरे–धुर्मुस–सुन्तली, पल्पसा चम्सुरी, जोगिन्दर, लक्ष्मण गाम्नाङ्गेलगायतका कलाकारले सामाजिक र राजनीतिक विकृतिविरुद्ध प्रस्तुती दिएका छन् । कार्यक्रममा भक्तपुरका नेवारी समुदायको माकः प्याखँ नृत्य पनि देखाइएको थियो । महोत्सव हरेक दिन बेलुका पाँच बजेदेखि शुरु हुनेछ ।

यसैबीच, प्रज्ञा प्रतिष्ठानमा ‘एकासीको गाईजात्रा’ नामक हास्यव्यङग्य कार्यक्रम अस्ति आइतवारदेखि भइरहेको छ । कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, शैलेन्द्र सिंखडा, चक्र दवाडी, यमन श्रेष्ठ, सुवोध गौतम, मेक्सम गौडेल, सजन श्रेष्ठ, सीता न्यौपाने, प्रभात लामा, प्रकृति गिरी र माड्सापको प्रस्तुति रहनेछ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया