सिनेमा हलमा आजदेखि ‘नमेटिने घाउ’ र ‘सतीदेवी’

 भदौ ७, २०८१ शुक्रबार १०:९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आजदेखि नेपाली सिनेमा हलहरूमा दुई विशेष चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ एकै समय प्रदर्शनमा आएका छन । यी दुवै चलचित्रले समाजका गम्भीर मुद्दाहरूलाई देखाउन खोजेको छ ।

‘नमेटिने घाउ’

५८ दिनको निर्माण प्रक्रिया र ३ करोड रुपैयाँको बजेटमा तयार भएको यस फिल्मले एसिड आक्रमणको भयावहता र पीडितहरूले न्यायका लागि गरेको सङ्घर्षलाई मुख्य विषय बनाएको छ । चलचित्रमा विशेष आकर्षण भनेको यसमा देखिएका अतिथि भूमिकाहरू हुन ।

जसमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको उपस्थितिले फिल्मलाई थप चर्चा दिलाएको छ । ट्रेलरमा यी राजनीतिक हस्तीहरूले एसिड आक्रमणविरुद्धको अभियानमा ऐक्यबद्धता जनाएको दृश्यले दर्शकको चासो बढाएको छ । 

चलचित्रले एसिड आक्रमणबाट पीडित व्यक्तिहरूको शारीरिक, मानसिक, र सामाजिक पीडा चित्रण गर्दै समाजमा चेतना फैलाउने उद्देश्य राखेको छ । यसले पीडितको न्यायको माग र एसिडको बिक्री वितरणमा रोक लगाउने मागलाई सशक्त रूपमा उठाएको छ । फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी लगायत १२५ जना कलाकारको अभिनय रहेको छ ।

यस्तै दुई सयभन्दा बढी प्रहरी अधिकारीहरूको अभिनयले चलचित्रलाई थप यथार्थपरक बनाएको छ । निर्देशक रमित ढुङ्गानाले समाजमा चेतना फैलाउनका लागि निर्माण गरिएको यो चलचित्रको दोस्रो र तेस्रो भागको पनि तयारीमा रहेको जानकारी दिनु भयो । 

‘सतीदेवी’

लैङ्गिक असमानतासँग जुध्दै एक युवतीको सङ्घर्षलाई मुख्य कथावस्तु बनाएर निर्माण गरिएको यो चलचित्र लक्ष्मण सुवेदीको निर्देशनमा बनेको हो । नेपाली ग्रामीण समाजको वास्तविकतालाई पर्दामा उतार्दै, पितृसत्तात्मक सोचसँग सङ्घर्ष गर्ने मुख्य पात्र सतीदेवी अधिकारीको कथा प्रस्तुत गरिएको छ । सतीदेवीको भुमिकामा नायिका मलिका महतले अभिनय गर्नु भएको छ ।

चलचित्रले लैङ्गिक असमानता, ग्रामीण समुदायमा महिलाले भोग्नुपर्ने समस्याहरू, र समाजको परम्परागत सोचको विरुद्ध लड्ने कथालाई प्रस्तुत गरेको छ । निर्देशक सुवेदीले वास्तविक जीवनका घटनाहरूलाई कथामा समावेश गरेर सामाजिक सुधारको पक्षमा आवाज उठाएको बताउनु भयो । चलचित्रमा रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, कुलदीप अधिकारी लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न पाइन्छ । 
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया