२४ घण्टामा काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो वर्षा

 भदौ ११, २०८१ मंगलबार ६:१४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकासहित देशका धेरे ठाउँमा ठूलो पानी परिरहेको छ । मनसुनी प्रणाली सक्रिय भएका कारण हिजो दिउँसोदेखि विभिन्न क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै गोर्खाको बारपाकमा १०२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै सिन्धुपाल्चोकको ढुङ्गेमा ७६ दशमलव २, धादिङको गजुरीमा ७१ दशमलव २, सिन्धुलीको कुसुमटारमा ७१ दशमलव २, चितवनको शक्तिखोलमा ६४ दशमलव ६ मिलिमिटर पानी परेको छ ।

यस्तै पर्वत, लमजुङ, नुवाकोट, काठमाण्डौ, ललितपुर, भक्तपुर, म्याग्दी, बाग्लुङलगायतका जिल्लामा पनि सामान्यदेखि  मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।  

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया