जुम्ला, उदयपुर, सिन्धुलीका नदी तथा खोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

 भदौ १३, २०८१ बिहीबार १६:२४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – जुम्लाको तिला नदी, चौदबिसे खोला, उदयपुरको कमलालगायतका नदी तथा खोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पछिल्लो एक घण्टामा जुम्लाको डाँफे लेक वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा ठूलाे पानी परिरहेकाे र थप पानी पर्नसक्ने सम्भावना रहेकोले ती क्षेत्र भएर बहने तिला नदी, चौदबिसे खोला र अन्य साना नदीहरूमा जलसतह केही बढ्न सक्ने महाशाखाकाे अनुमान छ । साथै कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

यस्तै पछिल्लो एक घण्टामा उदयपुरको कटारी, सिन्धुलीको दुधौली र आसपासको क्षेत्रमा सामान्यदेखि मध्यम पानी परेको छ । थप वर्षा हुन सक्ने सम्भावना रहेको हुँदा ती क्षेत्र भएर बहने कमला नदी, तावा खोला र अन्य साना नदीमा जलसतह केही बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भागमा बस्नेहरूलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अहिले काठमाण्डौ उपत्यकामा पनि हल्का पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले पानी परिरहेको र बादल लागेको क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया