चलचित्र ‘वर एन्ड बधु’ आजदेखि प्रदर्शनमा

 भदौ १४, २०८१ शुक्रबार १०:२०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चलचित्र ‘वर एन्ड बधु’ आजदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा हाँस्य, प्रेम, धोका, र पारिवारिक संवेदना समेटिएका छन् । यो चलचित्रले विशेषतः युवा पुस्तालाई लक्षित गरेको छ, जसमा नेपाली समाजको विवाह संस्कृतिलाई रमाइलो तरिकामा प्रस्तुत गर्ने प्रयास गरेको छ ।

चलचित्रको कथा पारिवारिक प्रेम, स्नेह र गलत बुझाइलाई आधार बनाएर बुनेको छ । चलचित्रका मुख्य पात्रमा नवनायक विवेक कर्मचार्य र नायिका आँचल शर्मा छन् । चलचित्रले जीवनमा आउने उतारचडाव, रमाइला क्षणहरू र मन छुने घटनाहरूलाई देखाउन खोजेको छ ।

चलचित्रमा गरिमा शर्मा, विजय लामा, विजु पार्की, रवीन्द्र खड्का, र किरण केसी जस्ता अनुभवी कलाकारहरूको समेत अभिनय रहेको छ । सरिता लामिछाने, हिमेश पन्त, कुसुम शर्मा, सृष्टि खड्का, दिनेश काफ्ले, यमन श्रेष्ठ, अंशु महर्जन, र सीता न्यौपाने लगायतका कलाकारहरूको अभिनयले चलचित्रलाई थप जीवन्त बनाएको छ ।

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया