आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रुपमा अगाडि बढाउने अर्थमन्त्री पौडेलको प्रतिबद्धता

 असोज ५, २०८१ शनिबार १५:१५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलितरुपमा अगाडि बढाइने बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनलाई सम्बोधन गर्दै उहाँले आर्थिक प्रगति र पर्यावरण संरक्षण सन्तुलिन हुनुपर्ने बताउनुभयो । उहाँले यसबारेमा बिगतमा केही त्रुटी भए पनि अब त्यसलाई नदोहोर्‍याउने बताउनुभयो ।

विश्वले विकास र पर्यावरणीय दिगोपन बीच सन्तुलन मिलाउन चुनौती सामना गरिरहेको भन्दै उहाँले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, वन विनाश, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहन जस्ता समस्या पर्यावरणीय चुनौती मात्र नभइ अर्थतन्त्र, सुरक्षा, र सामाजिक स्थायित्वका लागि पनि गम्भीर खतराका विषय भएको बताउनुभयो ।

कृषि, जलविद्युत र पर्यटनमा आधारित नेपालको अर्थतन्त्रलाई जलवायु परिवर्तनको प्रभावले धेरै चुनौती ल्याएको उहाँको भनाइ छ । उहाँले अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्य गरी हरित जलवायु कोष जस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रसुधारको बाटोमा रहेको बताउनु भयो । उहाँले देशको अर्थतन्त्र सुधार भएपनि बजारमा माग र आपूर्ति भने बढ्न नसकेको भन्दै सरकारको परिर्माजित नीतिको कारण केही सुधारका सङ्केतहरु देखिएको बताउनुभयो । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया