सिद्धार्थ हस्पिटालिटीका २ वटा होटललाई दक्षिण एशियाली 'ट्राभल अवार्ड'

 असोज ७, २०८१ सोमबार १५:११:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालकै ठूलो चेन हस्पिटालिटी ब्रान्ड सिद्धार्थ हस्पिटालिटीका दुई वटा होटलले साउथ एसियन ट्राभल अवार्ड्स (साटा) २०२४ प्राप्त गरेका छन् ।

सिद्धार्थ अन्तर्गत काठमाण्डाैको बौद्धमा सञ्चालनमा रहेको सिद्धार्थ बुटिक होटलले लिडिङ बुटिक होटल/रिसोर्टका रूपमा साटा अवार्ड पाएको हो । यस्तै चितवनको चुम्लिङटारमा पृथ्वी राजमार्गसँगै त्रिशूली नदी किनारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टले लिडिङ रिभरफ्रन्ट होटल/रिसोर्टका रूपमा अवार्ड पाएको हो । हस्पिटालिटीका जनशक्तिको अथक मेहनतका कारण यो महत्त्वपूर्ण अवार्ड प्राप्त भएको हस्पिटालिटीका क्षेत्रीय कार्यकारी निर्देशक कृष्ण भण्डारीले बताउनुभएको छ ।

साटाका संस्करणहरू दक्षिण एशियाका विभिन्न शहरमा आयोजना हुँदै आएकाे छ । यस पटकको आठाैं संस्करण होटल एसोसिएसन अफ नेपाल (हान) को सहकार्यमा नेपालमा सम्पन्न भएको हो । दक्षिण एशियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । हरेक वर्ष साटाले पर्यटन क्षेत्रमा योगदान दिने विभिन्न होटल तथा संस्थाहरूलाई अवार्ड प्रदान गर्दै आएको छ ।

सिद्धार्थ हस्टिपालिटी अन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्रान्डका हाेटलहरू सञ्चालनमा छन् । जसमध्ये साटा अवार्ड प्राप्त गर्ने दुई वटा होटल सिद्धार्थ वैभव अन्तर्गतको ब्रान्डमा पर्दछन् ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया