बझाङकाे छबिसपाथिभेरा–१ मा पहिराेले खानेपानीकाे मुहान र पाइपलाइन बगायाे

 असोज ७, २०८१ सोमबार १८:२८:१४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ मा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि दुई सयभन्दा धेरै घरपरिवार समस्यामा परेका छन् ।

भदौको अन्तिम हप्ता गएको पहिरोले क्षति पुर्‍याएपछि परिगाल र सुगालाका दुई सय ३० घरपरिवार खानेपानी सेवाबाट वञ्चित भएका स्थानीय बासिन्दा लक्ष्मण गिरीले बताउनुभयो  ।

वर्षाैंदेखि पनाले खोला खानेपानी योजनाबाट पानी उपभोग गरिरहेकाहरू अहिले सेती नदीको पानी उपभोग गर्न बाध्य भएका छन् । सेती नदीमा पानी निकै फोहोर रहेको उनीहरू बताउँछन् । फोहोर पानीका कारण आउँ, पखालालगायतका समस्या बढेको गिरीले बताउनुभयो ।

छबिसपाथिभेरा गाउँपालिका–१ का वडाध्यक्ष करनजङ्गबहादुर सिंहले आफ्नो तहबाट पालिकालाई यस विषयमा जानकारी गराएको बताउनुभयाे । वडा कार्यालयले प्रहरी मुचुल्का तयार पारेर सम्बन्धित निकायलाई जानकारी गराएकाे उहाँकाे भनाइ छ ।

यस्तै छबिसपाथिभेरा गाउँपालिकाका अध्यक्ष वसन्त चलाउनेले प्रहरी मुचुल्का पालिकामा पुग्ने बित्तिकै खानेपानीको पाइप स्थानीय बासिन्दालाई उपलब्ध गराएर समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया