यो हप्ता सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढ्यो, आज अहिलेसम्मकै महँगाे

 असोज ११, २०८१ शुक्रबार १५:२९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यो हप्ता सुनको भाउ तोलामै दुई हजार चार सय रुपैयाँले बढेको छ । भाउ बढेर गएको आइतवारदेखि लगातार कीर्तिमान कायम गर्दै आएको सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै महँगाे भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज अहिलेसम्मकै उच्च भाउ हुँदा सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गएको आइतवार सुनकाे भाउ तोलाको एक लाख ५८ हजार आठ सय रुपैयाँ थियो । आइतवार एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर सुनकाे भाउले कीर्तिमान बनाएकाे थियो । त्यसअघि शुक्रवार सुनको भाउ ताेलाकाे एक लाख ५७ हजार एक सय रुपैयाँ रहेको थियो ।

त्यस्तै गएको भदौ ३१ गते सुनकाे भाउ तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ थियो । असोज ७ गते सोमवार सुनले नयाँ कीर्तिमान बनाउँदा तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ थियो । त्यस्तै ८ गते मङ्गलवार पाँच सय रुपैयाँले बढेर सुनकाे भाउ तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँ पुग्यो । अस्ति बुधवार सुनकाे भाउ तोलामा एक लाख ६० हजार रुपैयाँ नाघेकाे थियाे । बुधवार सुन तोलाको एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै हिजो बिहीवार सुनकाे भाउ तोलाको एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेकाे थियाे ।

चाँदीको भाउ भने अस्ति, हिजो र आज यथावत् रहेको छ । चाँदी आज तोलाको एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया