सहकारी ठगीमा फरार रहेका ढाेरपाटनका मेयर नयाँ दिल्लीबाट पक्राउ

 असोज ११, २०८१ शुक्रबार १८:९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सहकारीको बचत रकम अपचलन गरी फरार रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतमा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीले नयाँ दिल्लीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक प्रक्रिया अघि बढाएको प्रहरीको भनाइ छ । यसअघि गएको माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले मेयर नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो ।

नेपाली बाग्लुङ र पोखरामा सञ्चालनमा रहेको इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीसहितका सहकारी सञ्चालकले बचतकर्ताको डेढ अर्ब रुपैयाँभन्दा धेरै रकम अपचलन गरेको मुद्दा बाग्लुङ जिल्ला अदालतमा विचाराधीन छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया