नेपालमा जस्तो आतिथ्यता र क्रिकेट समर्थक संसारमा अन्त कतै देखिए...
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै साढे तीन करोड आर्थिक सहयोग सङ्कलन भएको छ ।
हिजो राष्ट्रिय वाणिज्य बैंकद्वारा दुई करोड रुपैयाँको चेक हस्तान्तरण गर्नुका साथै भाटभटेनी सुपरमार्केटद्वारा एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र युनिलिभर नेपाल लिमिटेडद्वारा २० लाख रुपैयाँको आर्थिक सहयोग प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सरकारले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत सामग्री वितरण, उद्धार र पुनःस्थापनाका लागि सबैलाई सहयोग गर्न आह्वान गरेको छ ।
यस्तै सत्तारूढ कांग्रेस र एमालेका संघीय संसद्का सांसदहरूले बाढीपहिरो पीडितका लागि आधा महिनाको तलब बराबरको रकम दिने भएका छन् । दुवै दलको हिजो बसेको संसदीय दलको बैठकले सांसदहरूले मासिक पाउने तलबबाट कट्टा हुने गरी १५ दिनको पारिश्रमिक सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।
मन्त्रीहरूको हकमा भने एक महिनाको पारिश्रमिक बराबरको रकम दिने मन्त्रिपरिषदले निर्णय गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।