आज लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा मौसम सामान्य बदली

 असोज २७, २०८१ आइतबार ७:२२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आज लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा मौसम सामान्य बदली छ । त्यस्तै कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेको जल मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसमी बुलेटिनका अनुसार अहिले कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी केही भागमा हल्कादेखि मध्यम बदली रहनेछ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । तीनवटै प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

भोलि पनि कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालबाट हिजोदेखि मनसुन बाहिरिएको छ ।

साधारणतया अक्टोबरको २ तारिखमा नेपालबाट मनसुन बाहरिनेमा यसपटक १० दिन ढिलो गरेर मनसुन बाहिरिएको हो । यो वर्ष सामान्य समयभन्दा तीन दिनअघि गएको जेठ २८ गते अर्थात् जुन १० तारिखमा नेपालमा मनसुन भित्रिएको थियो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया