जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – दाङको घोराही उपमहागरपालिका वडा नं १७ गुलरियामा बुधवार बिहान भेटिएको छ ।
गएको आइतबार दिउँसो साथीहरुसँग क्रिकेट खेल्न गएका १८ वर्षीय डिसी पौडि खेल्ने बेला तालमा डुबेर बेपता भएका थिए । घोराही १५ निवासी डिसीको शव बुधबार बिहान साढे ८ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
डिसीको खोजीका लागि चितवनबाट गोताखोरको टोली पनि दाङ आएको थियो । गोताखोरले पनि शव भेटाउन नसकेपछि पोखरीको पानी सुकाएर उनको शव निकालिएको हो । पानी सुकिसकेपछि उनको शब भेटिएको प्रहरीले बताएको छ ।
चिसोमा शरिर फुल्न नपाएकोले शव माथि आउन नसक्दा ढिलागरी फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।