महिला टी–२० विश्वकप 'टिम अफ द टुर्नामेन्ट' मा न्युजिल्यान्ड र दक्षिण अप्रिकाका ३/३ जना खेलाडी

 कात्तिक ६, २०८१ मंगलबार ९:१०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : आईसीसी

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को 'टिम अफ द टुर्नामेन्ट' घोषणा गरेको छ । उपाधि विजेता न्युजिल्यान्डका तीन जना खेलाडी आईसीसी महिला टी–२० विश्वकपको 'टिम अफ द टुर्नामेन्ट' मा परेका छन् ।

न्युजिल्यान्डबाट मेली केर, रोजमेरी मेर र इडेन कार्सन रहेका छन् । मेलीले प्रतियोगिताभरि १ सय ३५ रन बनाउनुका साथै १५ विकेट लिएकी थिइन् । यस्तै मेरले १० विकेट र कार्सनले ९ विकेट लिएका थिए ।

यसैगरी 'टिम अफ दु टुर्नामेन्ट' मा उपविजेता दक्षिण अफ्रिकाकी कप्तान लौरा वोल्वार्ड्ट, तज्मिन ब्रिट्स र ननकुलुलेको म्लाबा रहेका छन् । लौराले सबैभन्दा धेरै २ सय २३ रन, ब्रिट्सले १ सय ८७ रन बनाउँदै म्लाबाले १२ विकेट लिएकी थिइन् ।

यस्तै टिममा परेका वेस्ट इन्डिजकी डायन्ड्रा डटिनले १ सय २० रन बनाउनुका साथै ५ विकेट र एफी फ्लेचरले ५ विकेट लिएका छन् । यस्तै टिममा परेका इङ्गल्यान्डकी डेनी वाट हजले १ सय ५१ रन, भारतकी हरमनप्रीत कौरले १ सय ५० रन, बङ्गलादेशकी निगार सुल्ताना जोटीले १ सय ४ रन बनाउँदा अस्ट्रेलियाकी मेगान शटले ८ विकेट लिएकी थिइन् ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया