ललितपुर महानगरले बाढी पहिरोले नदी किनारामा थुपारेको फोहोर सफा गर्ने

 कात्तिक ६, २०८१ मंगलबार ९:१५:३० | रासस
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाले बाढी पहिरोले नदी किनारामा थुपारेको फोहोर आउँदो शनिवार सफा गर्ने भएको छ ।

महानगरले हिजो आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहोरमैला सरसफाइसम्बन्धी तयारी बैठकमा महानगरका मेयर चिरीबाबु महर्जनले गएको असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर सङ्कलन गर्ने तथा नदी किनारा सफा गर्ने काम शनिवारदेखि सञ्चालन गरिने जानकारी दिनुभयो ।

बाढीले अन्यत्रबाट बगाएर ल्याएका फोहोरले ललितपुर शहर र यहाँको मुख्य नदी किनाराको सौन्दर्य बिगारेकाले सरसफाइ थालिएको उहाँले बताउनुभयो । नगरलाई पुरानो अवस्थामा फर्काउन सरसफाइ अभियान सञ्चालन गर्न लागेको मेयर महर्जनको भनाइ छ ।

ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले स्वच्छता र सुन्दरता कायम नभएसम्म सफाइको अभियान निरन्तर चल्ने बताउनुभयो । यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले बाढी पहिरोका कारण भएको क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम भइरहेको बताउँदै व्यवस्थित ढङ्गले फोहरमैला व्यवस्थापनमा आवश्यक सहयोग र समन्वय गर्ने उल्लेख गर्नुभयो ।

ललितपुर महानगरका वडा नम्बर ५, ६, १२, १६, १५, १९, २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन् ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया