तीन महिनामा आयात र निर्यात घट्यो

 कात्तिक ८, २०८१ बिहीबार ९:५८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालु आर्थिक वर्षको तीन महिनामा नेपालको आयात–निर्यातमा कमी आएको छ । भन्सार विभागका अनुसार गएको आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा आयात ४ दशमलव १७ प्रतिशत र निर्यात ६ दशमलव ११ प्रतिशतले घटेको हो ।

गएको वर्षको असोज मसान्तसम्म चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएकोमा चालु आर्थिक वर्षको यसै अवधिमा तीन खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको विभागले जनाएको छ । त्यसैगरी चालु आर्थिक वर्षको तीन महिनामा ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ ।

गएको वर्षको यसै अवधिमा ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो । पछिल्लो तीन महिनाको नेपालको अरु देशसँगको व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

गएको वर्षको तीन महिनाको तुलनामा व्यापार घाटा ३ दशमलव ९६ प्रतिशतले कमी आएको हो । गएको वर्षको तीन महिनामा नेपालको व्यापार घाटा तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख रुपैयाँ थियो । 
 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया