मुस्ताङमा यस वर्ष अहिलेसम्मकै धेरै स्याउ उत्पादन, ९२ करोड रुपैयाँभन्दा धेरैको बिक्री

 कात्तिक ८, २०८१ बिहीबार १२:४९:२४ | रासस
unn.prixa.net

तस्बिर : रासस

म्याग्दी – मुस्ताङमा यस वर्ष अहिलेसम्मकै धेरै स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङका किसानले ९२ करोड रुपैयाँभन्दा धेरै भित्र्याएका छन् ।

कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष झन्डै सात हजार तीन सय ३० मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार प्रारम्भिक मूल्याङ्कन गर्दा यस वर्ष झन्डै ९३ करोड रुपैयाँको हाराहारीमा स्याउ निर्यात भएको छ तर पूरै तथ्याङ्क अझै आइसकेको छैन ।

यस वर्ष स्याउ फूल्ने र दाना लाग्ने समयमा अनुकूल मौसमका कारण उत्पादन वृद्धि भएको हो । विगतको तुलनामा यस वर्ष झन्डै ३५ प्रतिशतले स्याउको उत्पादन बढेको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । गएको वर्ष मुस्ताङमा ६ हजार पाँच सय ९६ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया