इङ्गल्यान्डका सेफले सुदूरपश्चिम राेयल्सबाट एनपीएल खेल्ने

भारतका नन्दन फाडनिस लुम्बिनी लायन्सकाे मुख्य प्रशिक्षक नियुक्त

 कात्तिक ८, २०८१ बिहीबार १५:७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्गल्यान्डका सेफ अली जेबले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्यबाट खेल्ने भएका छन् । इङ्गल्यान्डका ब्याटिङ अलराउन्डर सेफलाई टोलीमा अनुबन्ध गरेको सुदूरपश्चिम रोयल्सले बताएको छ ।

२६ वर्षीय अलराउन्डरले काउन्टी क्रिकेट र काउन्टीको दोस्रो श्रेणीमा पनि नियमित खेल्दै आएका छन् । उनले राष्ट्रिय टोलीबाट खेल्ने अवसर भने पाएका छैनन् । अलराउन्डर सेफले ७४ टी–२० क्रिकेटमा एक हजार दुई सय ६६ रनसहित १२ विकेट लिएका छन् ।

सुदूरपश्चिम रोयल्सले यसअघि पहिलो विदेशी खेलाडीका रूपमा स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरिसकेको छ । राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको टोलीको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।

नेपाल क्रिकेट सङ्घले आयोजना गर्ने आठ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुँदैछ ।

यसैबीच लुम्बिनी लायन्सले भारतका नन्दन फाडनिसलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ । गोवा क्रिकेट सङ्घमा खेलाडीलाई प्रशिक्षण गरिरहेका फाडनिसले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमलाई पनि प्रशिक्षण गराएका थिए । उनले लुम्बिनी लायन्समा प्रशिक्षकको जिम्मेवारी पाउँदा खुशी लागेको उल्लेख गर्दै रोहित पौडेलको कप्तानी र आफ्नो प्रशिक्षणमा क्लबले अब्बल प्रदर्शन गर्ने पनि बताएका छन् ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया