‘जेठोबूढो’ धानसहित कास्कीका कृषि उपज खाद्य कम्पनीले किन्ने

 कात्तिक ९, २०८१ शुक्रबार १५:७:२२ | रासस
unn.prixa.net

फाइल फाेटाे

कास्की – पोखरेली जेठोबूढो धानसहित कृषि उपज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किन्ने भएको छ । पोखराको परिचय बनेको लोपोन्मुख जेठोबूढोको उत्पादन र बजारीकरणमा पोखरा महानगरपालिकासहितका निकाय लागिपरेका छन् ।

महानगरले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग कृषि उपज खरिदको सम्झौता गरेको छ । सम्झौताअनुसार महानगर क्षेत्रका किसानले उत्पादन गरेको धान खाद्य कम्पनीले खरिद गर्नेछ । जेठोबूढोको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल नौ हजार पाँच सय रुपैयाँ तोकिएको महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो । आउँदो असार मसान्तसम्म कम्पनीले जेठोबूढोसँगै अन्य स्थानीय कृषि उपज खरिद गर्नेछ । किसानले आफूले चोहेको समय र तोकिएको मूल्यमा कम्पनीलाई बेच्न सक्नेछन् ।

पोखरा महानगरले २०७६ सालदेखि पाँच रोपनीभन्दा धेरै क्षेत्रफलमा जेठोबूढो धान खेती गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ ।  कृषि महाशाखाका अनुसार पोखरामा ११ हजार दुई सय हेक्टरमा धान बाली लगाउने गरिएकोमा ४० प्रतिशत हिस्सा जेठोबूढोले ओगटेको छ ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया