बाढीले क्षति पुर्‍याएकाे खिम्ती–लामोसाँघु प्रसारण लाइन 'ईआरएस' टावर प्रयोग गरी सञ्चालनमा

 कात्तिक ९, २०८१ शुक्रबार १७:२५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एक महिनाअघिको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) टावर प्रयोग गरी सञ्चालनमा ल्याइएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवम् भारप्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले आज दिउँसो प्रसारण लाइनलाई चार्ज गरी सञ्चालनमा ल्याइएको बताउनुभयो ।

तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा रहेको खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगाएपछि यो लाइनबाट गएको असोज १३ गतेदेखि विद्युत् प्रवाह बन्द हुँदा खिम्तीबाट काठमाण्डौ उपत्यकाको प्रसारण लाइन लिङ्क टुटेको थियो ।

खिम्ती–लामोसाँघु प्रसारण लाइन काठमाण्डौ उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण प्रसारण लाइन हो । यो लाइनबाट आएको बिजुलीलाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाण्डौ उपत्यकामा आपूर्ति गरिन्छ । यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएको जलविद्युत् आयोजनाहरूको बिजुली लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया