पूर्व मन्त्री पदम राईको निधन
मंसिर ९, २०८१ आइतबार
तीन जना अन्तरिक्षयात्री बोकेर चिनियाँ अन्तरिक्षयान अन्तरिक्षमा पुगेको छ । ६ घण्टाभन्दा बढी समयको यात्रापछि शेन्चाउ १९ अन्तरिक्ष स्टेशनमा पुगेको बीबीसीले जनाएको छ ।
तीन जना अन्तरिक्षयात्रीमध्ये एक जना चीनकी पहिलो महिला अन्तरिक्ष इन्जिनियर र एक जना चीनको अहिलेसम्मकै कान्छा अन्तरिक्षयात्री हुन् । उनीहरू अबको ६ महिना अन्तरिक्ष स्टेशनमा बस्नेछन् ।
चीनको आफ्नै अन्तरिक्ष स्टेशन छ । चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानिस पुर्याउने गरी काम गरिरहेको छ । चीनले अन्तरिक्षमा प्रभुत्व जमाउन प्रयास गरिरहेको छ ।
दुई वर्षअघि मात्रै चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्तरिक्षको अन्वेषण, स्पेस उद्योगको विकास र चीनको आफ्नै अन्तरिक्ष ताकतको निर्माण गर्ने घोषणा गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।