विभिन्न लचक व्यवस्था ल्याए पनि घरजग्गा कारोबारमा उल्लेख सुधार हुन सकेन

 मंसिर ३, २०८१ सोमबार १४:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले विभिन्न लचक व्यवस्था ल्याए पनि घरजग्गा कारोबारमा उल्लेख सुधार हुन सकेको छैन । चालू आर्थिक वर्ष २०८१/८२ को कात्तिकमा देशभर ३३ हजार पाँच सय वटा घरजग्गा कारोबार भएका छन् ।

गएको वर्षको कात्तिक महिनाको तुलनामा यो वर्ष घरजग्गा कारोबार २८ प्रतिशतले धेरै भए पनि अहिलेको अवस्थामा यसलाई सन्तोषजनक मान्न नसकिने सरकार, व्यवसायीले बताएका छन् । गएको वर्ष नेपालको अर्थतन्त्रमा मन्दी थियो, अहिले त्यो मन्दी कम भएको अवस्थामा कारोबार शतप्रतिशत बढ्नुपर्ने उनीहरूको तर्क छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कअनुसार असोजमा देशभर ३० हजार पाँच सय २७ वटा घरजग्गा कारोबार भएकोमा कात्तिकमा नौ प्रतिशत हाराहारी बढेको छ । यो वर्षको साउनमा देशभर ४३ हजार आठ सय वटा घरजग्गा कारोबार हुँदा व्यवसायी र सरकार उत्साहित थिए तर भदौमा यो सङ्ख्या घटेर ३२ हजार सात सय वटामा झरेको थियो ।

घरजग्गा कारोबारमा अपेक्षा गरेजस्तो सुधार नआउँदा राजश्व पनि घटेको छ । घरजग्गा कारोबारबाट कात्तिक महिनामा दुई अर्ब ७० करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । यो असोजको तुलनामा एक अर्ब रुपैयाँले कमी हो ।

नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष भेषराज लोहनीले सरकारले नीतिगत रूपमै सहजीकरण नगरेसम्म घरजग्गा कारोबार नबढ्ने बताउनुभएको छ । एकातिर बैंकमा पैसा थुप्रिने र अर्कोतिर सरकारले घरजग्गा कारोबार र धितोमा कडाइ गर्दा अहिलेको अवस्था आएको लोहनीको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया