एमबीबीएस पढ्न प्रतिमालाई नेपालगञ्जका मेयरले दिए एक महिनाको तलब

 मंसिर १४, २०७५ शुक्रबार १४:३३:४९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाले एक महिनाको तलबभत्ता एमबीबीएस अध्ययनरत विद्यार्थीलाई सहयोग गर्नुभएको छ ।

बाँकेको खजुरा गाउँपालिका ४ डी गाउँकी प्रतिमा शर्मालाई एमबीबीएस अध्ययनका लागि शुक्रबार डा. राणाले निवासमै पुगेर एक महिनाको तलब र भत्ता गरी ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

प्रतिमाका बुवा मदन ढुंगाना र आमा सीतादेवी शर्मालाई शुक्रबार निवासमै पुगेर रकम हस्तान्तरण गर्दै प्रमुख राणाले शर्माको उज्जवल भविष्यको कामना समेत गर्दै कान्छी छोरीको अध्ययनको व्यवस्था मिलाइदिने बताउनुभयो ।

यसैगरी प्रतिनिधिसभाको प्राकृतिक श्रोत साधन समितिका सभापति पूर्णाकुमारी सुवेदीले शुक्रबार प्रतिमा शर्मालाई २० हजार रुपैयाँ सहयोग गनुर्भएको छ ।  त्रिभुवन विश्व विद्यालयबाट एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकी शर्माको पूर्ण छात्रवृत्ति भएपछि भर्ना शुल्क, पुस्तक, खाने, बस्ने गरी झण्डै १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

कमजोर आर्थिक अवस्था भएका कारण शर्मालाई पढाईलाई पूर्णता दिन सहयोग संकलन गरिएको हो । सहयोगका लागि एनआईसी एसिया बैंकमा वडा अध्यक्ष सुनार र प्रतिमाको आमा सीतादेवी शर्माको नाममा रहेको खाता नम्बर बी १८७०००४५८९५२४०१ मा रकम जम्मा गर्न सकिने वडा अध्यक्ष सुनारले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया