झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनीले ५० हजार क्विन्टल धान खरिद गर्ने

 मंसिर २०, २०८१ बिहीबार ११:४६:४१ | रासस
unn.prixa.net

झापा – झापाको विर्तामोडमा रहेको  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धानको समर्थन मूल्य तोकेको छ ।

कम्पनीले सोनामन्सुली र रञ्जितमन्सुली धानको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार पँच सय ८० रुपैयाँ  ६२ पैसा तोकेको छ । कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्ने भन्दै कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाले धान खरिद गर्न लागेको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार खाद्यले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो ।

झापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको क्षेत्रफल घटे पनि उत्पादनमा भने सामान्य वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया