एसईईकाे परीक्षाफल असार ७ गतेभित्र सार्वजनिक गरिने
चैत २०, २०८१ बुधबार
काठमाण्डाै – नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना र जलवायु अनुकूल परिदृश्य तथा जीवनयापनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयमा नेपाल र एडीबीबीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजनाका लागि १५ करोड ७० लाख अमेरिकी डलर अर्थात् २१ अर्ब २३ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको हो ।
एक करोड ५० लाख अमेरिकी डलर अनुदान र ११ करोड अमेरिकी डलर ऋण रहेको अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । परियोजनामार्फत किसानलाई आफ्नो खेतको आवश्यकताअनुसार पानीको पहुँच प्रदान गर्न अनुमति दिने प्रिपेड कार्ड प्रणालीसहित उन्नत सिँचाइ प्रविधिहरू प्राप्त हुने उहाँले बताउनुभयो । आयोजना मधेश प्रदेशका रौतहट र सर्लाहीलगायतका जिल्लामा लागू हुनेछ ।
त्यसैगरी समुदायमा आधारित जलवायु उत्थानशील कार्यक्रम कार्यान्वयनका लागि दुई करोड २० लाख अमेरिकी डलरको अनुदान र एक करोड अमेरिकी डलरको ऋण सम्झौता भएको छ । यो रकम जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशका ग्रामीण समुदायहरूको जलवायु उत्थानशील जीविकोपार्जन क्षमता बढाउनमा केन्द्रित हुने मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।