रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ताको तयारी
पुस ७, २०८१ आइतबार
म्याग्दी – म्याग्दीका किसानले कोदो खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । रघुगङ्गा गाउँपालिका–६ की हिमा छन्त्यालले यस वर्ष चार मुरी कोदो बेचेर १७ हजार रुपैयाँ आम्दानी गर्नुभएको छ ।
छन्त्यालले गएको असारमा चार हजार रुपैयाँ खर्च गरेर बाँझो बारीमा कोदो खेती गर्नुभएको थियो । वर्षाैंदेखि बाँझिएको बारीमा खनजोत, मल र खेतालाका लागि असारमा चार हजार खर्च गर्नुभएकी छन्त्यालले ३० हजार रुपैयाँ बराबरको सात मुरी कोदो उत्पादन भएको बताउनुभयो ।
छन्त्याल मात्रै होइन, पछिल्लो समय म्याग्दीका किसान कोदो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । राम्रो मूल्य पाउने र उत्पादन गर्न पनि सजिलो भएकाले कोदो खेतीतर्फ आकर्षण बढेको जिल्ला कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । तीन वर्ष अघिसम्म प्रतिपाथी ६० रुपैयाँमा पनि बिक्री नहुने कोदो अहिले दुई सय रुपैयाँ प्रतिपाथी बिक्री हुन थालेको किसान लक्ष्मी पुनले बताउनुभयो ।
ग्रामीण क्षेत्रका पाखो जमिन कोदो खेतीका लागि निकै उपयुक्त मानिन्छ । कोदोमा मानव स्वास्थ्यका लागि अत्यावश्यक पौष्टिक तत्त्व भरपुर मात्रामा पाइन्छ । बेनी, पोखरा, काठमाण्डाैलगायतका शहरी क्षेत्रमा कोदोको माग बढेको मङ्गला गाउँपालिका–४ की गौमती विकले बताउनुभयो । कोदो खेती विस्तार र संरक्षणमा सम्बन्धित स्थानीय तहले नै आवश्यक सहयोग तथा बजारीकरणको प्रबन्ध मिलाउन थालेपछि कोदो खेतीतर्फ आकर्षण बढ्दै गएको कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।
गाउँका महिला कोदो खेतीतर्फ आकर्षित भएपछि पालिकाहरूले पनि कोदोखेतीतर्फ प्रोत्साहित गर्न सहुलियत र अनुदानका विभिन्न कार्यक्रम विस्तार गर्न थालेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।