'यूएसएआईडी' ले आफ्ना कर्मचारीलाई अमेरिका फिर्ता बोलायो

 माघ २३, २०८१ बुधबार १६:८:१७ | एजेन्सी
unn.prixa.net

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले विश्वभर रहेका आफ्ना कर्मचारीहरूलाई अमेरिका फर्कन भनेको छ ।

यूएसएआईडीले सूचना निकालेर निश्चित कर्मचारीबाहेक अरूलाई आउँदो शुक्रवार रातिदेखि प्रशासनिक बिदा दिइएको जानकारी गराएको हो । अहिलेको कार्यालयमै बस्नुपर्ने कर्मचारीलाई भोलिसम्ममा जानकारी दिने र बाँकी कर्मचारीले शुक्रवार रातिदेखि बिदा पाउने सूचनामा उल्लेख छ ।

व्यक्तिगत र पारिवारिक व्यवस्था मिलाएर ३० दिनभित्र अमेरिका फर्कने व्यवस्था गर्नुपर्ने र बालबालिकाको विद्यालय, गर्भवस्थालगायतका परिस्थितिमा समयसीमाबारे विचार गर्ने पनि सूचनामा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएआईडीको सहायता तीन महिनाका लागि रोक्दै समीक्षा र पुनरावलोकन गर्ने आदेश गरेपछि यस्तो सूचना जारी भएको हो । ट्रम्पले यसअघि नै यूएसएआईडीका दुई जना उच्च अधिकारीसहित केही कर्मचारीलाई निलम्बन गरिसक्नुभएको छ ।

यूएसएआईडी सन् १९६१ मा राष्ट्रपति जोन एफ. केनेडीको प्रशासनमा स्थापित भएको हो । यसले गरिबी निवारण, रोगहरूको उपचार, अनिकाल र प्राकृतिक प्रकोपहरूको प्रतिक्रिया दिन विश्वभर वार्षिक रूपमा अर्बाैं डलर वितरण गर्छ ।

सन् २०२३ मा यूएसएआईडीले विश्वका सयभन्दा धेरै देशमा गरी ४० अर्ब अमेरिकी डलर अर्थात् झन्डै ५५ खर्ब ३७ अर्ब रुपैयाँ खर्च गरेको थियो । विश्वभर रहेका यूएसएआईडीको कार्यालयहरूमा १० हजार जनाभन्दा बढी कर्मचारी रहेका जनाइएको छ ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया