सलमान खान र दीपिका पादुकाेण सबैभन्दा धनी भारतीय कलाकार, कसकाे सम्पति कति ?

 मंसिर १९, २०७५ बुधबार १७:२५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फोर्ब्स इण्डिया म्यागेजिनले यस वर्षका सर्वाधिक धनी १०० जना भारतीय सेलिब्रेटीहरुको सूची सार्वजनिक गरेको छ ।

यो सूचीमा बलिउडका सलमान खान यस वर्षका सर्वाधिक धनी सेलिब्रेटी बनेका छन् । ५२ वर्षीया सलमान खानले यस वर्ष २५३.२५ करोड भारतीय रुपैयाँको कमाई गरेका छन् । 

सलमान खानले उनका यस वर्ष रिलिज भएका फिल्म ‘टाइगर जिन्दा हे’ र ‘रेस ३’ को बक्सअफिस कलेक्सनका साथै टेलिभिजन कार्यक्रम र एण्डोर्समेन्टका माध्यमबाट कमाई गरेका हुन् । 

यसै अनुसार सलमान खान लगातार ३ वर्षदेखि बलिउडका सबैभन्दा धनी अभिनेताको लिष्टमा पहिलो स्थानमा रहिरहेका छन् । 

यसका साथै दोस्रो स्थानमा क्रिकेटर विराट कोहली परेका छन् । विराट कोहलीको यस वर्षको कमाई २२८ करोड भारतीय रुपैयाँ रहेको छ ।

तेस्रो स्थानमा अभिनेता अक्षय कुमारको नाम रहेको छ । एक वर्षमै धेरै फिल्ममा काम गर्नै अक्षयले यस वर्ष १८५ करोड रुपैयाँ कमाएका छन् ।

गएको वर्षदेखि कुनैपनि फिल्ममा नदेखिएका अभिनेता शाहरुख खानको नाम भने १३औं स्थानमा परेको छ । शाहरुख खानको यस वर्षको कमाई ५६ करोड रहेको छ । 

सार्वाधिक धनी सेलिब्रेटीको लिष्टका आमिर खान छैठौं, अमिताभ बच्चन सातौं र अभिनेता रणवीर सिंह आठौं स्थानमा परेका छन । 

अभिनेत्रीहरुमध्ये दीपिका पादुकोण सर्वाधिक धनी

अभिनेत्री दीपिका पादुकोण भारतका धनी कलाकारहरुको सूचीमा ११२.८ करोड रुपैयाँ आम्दानी गर्दै समग्रमा चौथो स्थानमा परेकी छिन् । 

दीपिकाले भर्खरै अभिनेता रणवीर सिंहसाँग विवाह गरेकी छिन् । दीपिकाले पति रणवीर सिंहलाईसमेत पछि पारेकी छिन् भने अभिनेत्रीहरुमध्ये भारतकी सर्वाधिक धनी अभिनेत्री बन्न सफल भएकी छिन् ।

दीपिका र प्रियंकाले सँगसँगै हलिउड फिल्ममा पनि काम गरेकाले यि दुवैको तुलना भइरहन्छ । तर यस वर्ष भने दीपिकाले प्रियंकालाई पछि पारेकी छिन् । 
यस वर्ष प्रियंकाको कमाई जम्मा १८ करोड रहेको बताइएको छ भने उनी ४९औं स्थानमा परेकी छिन् ।

यस्तै यस लिष्टमा अभिनेत्री आलिया भट्ट, अनुष्का शर्मा, कट्रिना केफको नामसमेत रहेको छ । 

 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया