कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
इजरायलका प्रमुख शहरहरूमध्ये एक तेल अभिभको दक्षिणमा रहेको ब्याट याम शहरमा तीन वटा बसमा बम विस्फोट भएको छ । बीबीसीका अनुसार यी विस्फोटमा अहिलेसम्म कुनै हताहतीको विवरण आएको छैन ।
इजरायली प्रहरीका अनुसार यो संदिग्ध आतङ्कवादी आक्रमण हो । इजरायली प्रहरीले अन्य दुई बसमा विस्फोट गराउने उद्देश्यले राखिएको यन्त्रलाई पनि निष्क्रिय पारेको खबरमा उल्लेख छ ।
इजरायलका यातायातमन्त्री मिरी रागेभले अनुसन्धान गर्न सजिलो होस् भनेर देशका सबै बस र रेलको आवतजावतमा प्रतिबन्ध लगाउनुभएको छ ।
यस्तै इजरायली रक्षा बललाई वेस्ट बैंकमा रहेका शरणार्थी शिविरहरूमा सक्रियता बढाउन आदेश दिइएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले घटनालाई लिएर चिन्ता व्यक्त गर्दै घटनास्थलमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको जानकारी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।