रुसमाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको छु : अमेरिकी राष्ट्रपति ट्रम्प

 फागुन २४, २०८१ शनिबार ९:२०:४६ | एजेन्सी
unn.prixa.net

फाइल तस्वीर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने विषयमा गम्भीर रूपमा विचार गरिरहेको बताउनुभएको छ । भर्खरै रुसले युक्रेनमा मिसाइल र ड्रोन आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पको यो भनाइ आएको हो ।

रुसले युक्रेनमा युद्ध क्षेत्रमा भयङ्कर आक्रमण गरिरहेको हुँदा युद्धविराम र अन्तिम शान्ति सम्झौता नहुँदासम्म रुसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, नाकाबन्दी र करहरू लगाउन गम्भीर रूपमा विचार गरिरहेको ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्नुभएको छ । रुस र युक्रेनलाई ढिला नगरी तुरुन्त वार्तामा आउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

गएको मार्च ४ मा अमेरिकी विदेशमन्त्री मार्काै रुबियोले राष्ट्रपति ट्रम्पले रुसलाई सम्झौतामा सहमत हुन मनाउन काम गरिरहनुभएको बताउनुभएको थियो । अघिल्लो दिन अमेरिकाले युक्रेनलाई कुनै पनि गुप्तचर जानकारी नदिने बताएको थियो । यससँगै सैन्य सहायतामा प्रतिबन्ध लगाउने कुरा पनि भएको थियो ।

यसअघि युक्रेनको आलोचना गर्दै आउनुभएका ट्रम्पले अब रुसलाई दबाव दिन थाल्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका र उसका सहयोगीहरूले विभिन्न प्रतिबन्ध लगाएका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया