रुसले युक्रेनका २ वटा अस्पतालमा ड्रोन आक्रमण गर्याे
चैत ६, २०८१ बुधबार
काठमाण्डाै – शेयर बजार लगातार चौथो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ८८ अङ्कले घटेर २ हजार ६ सय ८२ दशमलव १५ विन्दुमा झरेको छ ।
आज होटल, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स र जीवन बीमा कम्पनीको शेयर साढे १ प्रतिशतले ओरालो लागेको छ ।
आज सामुदायिक लघुवित्त कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन मिथिला लघुवित्त कम्पनीको शेयर भने ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ३४ करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका ९५ लाख ८३ हजार कित्ता शेयर ५ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।