डेलिश डेरिजले शुरु गर्याे स्वादिष्ट उत्पादनहरू
चैत १०, २०८१ आइतबार
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायली आक्रमणको जवाफ दिँदै तेल अभिभमा तीनवटा रकेट आक्रमण गरेको छ ।
इजरायलले गाजामा पुनःसैन्य आक्रमण शुरू गरेपछि हमासले यो पहिलो प्रतिकारात्मक आक्रमण गरेको बताएको छ । तर इजरायलले तीनमध्ये एउटा क्षेप्यास्त्रलाई रोकेको र बाँकी क्षेप्यास्त्रहरू बस्तीमा खसेको बीबीसीले जनाएको छ । क्षतिको विवरण भने खुलाइएको छैन ।
इजरायलले गएको मङ्गलवार पुनः युद्ध शुरू गरेपछि दुई सयभन्दा धेरै बालबालिकासहित कम्तीमा पाँच सय ९१ जनाको ज्यान गएको हमासले गाजामा सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली सेना (आईडीएफ) ले प्यालेस्टिनी क्षेत्रमा हवाइ आक्रमणपछि हिजोदेखि भूमिगत कारबाही पनि शुरू गरेको थियो । जनवरीमा इजरायल र हमासबीच युद्धविराम शुरू भएपछि आक्रमणबाट केही समय राहत मिलेको थियो । तर फेरि आक्रमण हुनथालेपछि स्थिति असामान्य बन्दै गएको देखिन्छ ।
इजरायलले अझै पनि हमासले ५९ जनालाई बन्धक बनाएको र उनीहरुमध्ये २४ जना जीवितै रहेका दाबी गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।