चार देशका ५ लाख ३० हजार जना आप्रवासीलाई अमेरिका छोड्न राष्ट्रपति ट्रम्प प्रशासनको आदेश

 चैत ९, २०८१ शनिबार १५:३१:५४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाका पाँच लाख ३० हजार जना आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने अस्थायी कानुनी मान्यता खारेज गर्ने बताएको छ । अमेरिकी संघीय सरकारले निकालेको सूचनामा ती आप्रवासीहरूलाई आउँदो अप्रिल २४ मा उनीहरूको बसोबास अनुमतिपत्र रद्द गर्ने भन्दै त्यसअघि नै अमेरिका छाड्न चेतावनी दिइएको छ ।

उनीहरु पूर्व राष्ट्रपती जो बाइडनका पालाको एउटा आप्रवासन योजनाअन्तर्गत अमेरिका प्रवेश गरेका थिए । सन् २०२२ मा शुरु भएको सीएचएनभी नामक कार्यक्रममार्फत अमेरिकाले स्पोन्सरशीप प्रक्रियाका माध्यमबाट उनीहरुलाई अमेरिकामा बसोबास गर्न दिएको थियो ।

बाइडेन प्रशासनले सीएचएनभीले अमेरिकाको दक्षिणी सिमानाबाट हुने अवैध सीमा आगमनलाई रोक्न र देशमा प्रवेश गर्नेहरूको उपयुक्त जाँचमा सहयोग पु¥याउने तर्क गरेको थियो । डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले पहिलेको प्रशासन आफ्नो लक्ष्य प्राप्तिमा असफल भएको जनाएको छ ।

योसँगै ट्रम्पले रुसले आक्रमण गरेपछि युक्रेनबाट भागेर अमेरिका पुगेका दुई लाख ४० हजार युक्रेनी नागरिकको बसोबासको अस्थायी कानुनी मान्यतालाई रद्द गर्ने कि नगर्ने भनेर पनि विचार गरिरहेको जनाइएको छ । 

अन्तिम अपडेट: चैत १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया